व्यापारी अपहरणमा विधायकका छोरासहित ५ जनाविरुद्ध मुद्दा दर्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

व्यापारी अपहरणमा विधायकका छोरासहित ५ जनाविरुद्ध मुद्दा दर्ता

एजेन्सी, २५ साउन । भारतका शिव सेना (शिन्दे गुट) का विधायक प्रकाश सुर्वेका छोरा राज सुर्वेविरुद्ध एक व्यापारीको अपहरण र कुटपिटको सम्बन्धमा एफआईआर दर्ता गरिएको छ । यो विषय बाहिर आएपछि राजनीतिक हलचल मच्चिएको छ ।

मुम्बई पुलिसको अनुसार राज सुर्वेसहित पाँच जनाले गोरेगाउँ पूर्वी क्षेत्रबाट हिजो फिरौतीको लागि व्यापारी राजकुमार सिंहलाई अपहरण गरेको हो । यसै क्रममा १०–१२ जना अज्ञात व्यक्तिहरुविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

मुम्बईको गोरेगाउँमा रहेको ग्लोबल म्युजिक जंक्शन अफिसमा करिब १० देखि १५ जना अचानक पुगेर म्युजिक कम्पनीका सीईओ राजकुमार सिंहलाई अपहरण गरेका थिए । एक सीसीटीभी क्यामेराको फुटेज अनलाइनमा देखा परेको छ जसमा कथित रूपमा केही व्यक्तिहरूले कर्मचारीलाई दुव्र्यवहार गरेको र एक व्यक्तिलाई जबरजस्ती लगेको देखाइएको छ

प्रहरीलाई दिएको उजुरीमा राजकुमार सिंहले भनेका छन्,केही व्यक्ति कार्यालयमा घुसेर दहिसरमा रहेको विधायक प्रकाश सुर्वेको कार्यालयमा लगेका थिए । जहाँ विधायकका छोरा राज सुर्वे र अन्य उपस्थित थिए । ती व्यक्तिहरूले बन्दुकको नोकमा पटनाका मनोज मिश्रलाई आफूले दिएको व्यापार ऋण तिर्न बाध्य पारेका थिए। पछि यसबारे कसैसँग कुरा नगर्ने धम्की पनि दिए ।

शिवसेना (ग्द्यत्) सांसद प्रियंका चतुर्वेदीले घटनालाई लिएर शिन्दे क्याम्पको आलोचना गरिन । उनले देशद्रोही गिरोहको नवरत्न भएको बताइन ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);