महोत्तरीमा ७० प्रतिशत मुद्दा फर्छ्यौट हुन बाँकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

महोत्तरीमा ७० प्रतिशत मुद्दा फर्छ्यौट हुन बाँकी

adalat

महोत्तर । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कात्तिक, मंसिर र पुस महिनामा एक ९८ वटा मुद्दा दायर भएका छन् । विभिन्न शीर्षकमा कात्तिकमा ५४ वटा, मंसिरमा ६७ र पुसमा ७७ वटा गरी एक ९८ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार एक ९८ मुद्दाका लागि एक सय ४९ जना अनुसन्धानका लागि पक्राउ परेका थिए । जसमध्ये २५ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ भने ७३ जनालार्इ धरौटीमा छाडिएको छ । तीन जना नाबालक भएको कारण अभिभावकको जिम्मा लगाएको, एक जनालाई बालसुधार गृहमा लगिएको, ४७ जनालाई अनुसन्धानको क्रममा राखिएको र एक जना फैसला भएपछि फरार रहेको कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

एक सय ९८ वटा मुद्दामध्ये अहिलेसम्म एक जनालाई  फैसलापछि एक वर्ष एक महिना जेल सजाय र एक लाख १६ हजार जरिवाना गर्ने आदेशअनुसार कारवाही भैइरहेको प्रवक्ता विष्टको भनाइ छ ।

प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामध्ये धेरैजसो लागुऔषध ओसारपसार तथा कारोबार कसुर र सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरका मुद्दा छन् । यो तीन महिनामा लागुऔषध ओसारपसार तथा कारोबारका ३० वटा मुद्दा  छन् भने २८ वटा सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसुरमा मुद्दा  दायर भएको प्रहरीको तथ्यांक छ ।

जबर्जस्ती करणी, शरीर बन्धकलगायत गम्भीर प्रकृतीका नौ वटा मुद्दासमेत दर्ता भएका छन् तर पर्याप्त प्रमाणका अभावमा कुनैपनि मुद्दा निष्कर्षमा पुग्न सकेका छैनन् । प्रहरी कार्यालयमा मुद्दा  हाल्ने तर पीडितले न्याय नपाउने अवस्थाले महोत्तरीमा सर्वसाधारण आचेल कम मुद्दा लिएर जाने गरेको  जानकारहरू बताउँछन् ।

मुद्दाको प्रकृती हेरेर प्रहरीले पर्याप्त प्रमाण बटुली पीडितलाई न्याय दिलाउन  तत्काल लागि पर्नुपर्ने भएतापनि जिल्लामा कमै मुद्दा मात्र फर्छ्यौट भएको प्रहरीकै तथ्यांकले देखाएको छ ।जिल्लामा दर्ता भएका एक सय ९८ वटा  मुद्दामध्ये अहिलेसम्म ९४ वटा मात्र फर्छ्यौट भएको छ भने एक सय चार वटा मुद्दा अझै  बाँकी छन् । कतिपय मुद्दा  त दबाबका कारण प्रहरीले बाहाना बनाएर लिनै नमान्ने गरेको पनि गुनासो छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);