महोत्तरी लागूऔषधको दलदलमा, सरोकारवाला निकाय मौन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महोत्तरी लागूऔषधको दलदलमा, सरोकारवाला निकाय मौन

महोत्तरी । गत हप्ता सम्सी-बर्दिबास सडक खण्डमा प्रहरीले नियमित चेकजाँच गर्दा प्रतिबन्धित लागूऔषध (नाइट्रोभेट-१० ३० ट्याब्लेट)सहित बर्दिबास-१२ का एक जना पक्राउ परे ।

त्यस्को केही दिन नबित्दै प्रतिबन्धित लागूऔषध (गाँजा) बेचबिखन आरोपमा प्रहरीले गौशालाबाट चार जना पक्राउ गर्‍यो । पक्राउ पर्नेमा एकैघरका नातिदेखि छोरासम्म छन् । घरमा गाँजा बनाइ ठूलो मात्रामा बेच्दा-बेच्दै उनीहरू पक्राउ परेका हुन् ।

उनीहरू त प्रतिनिधि उदाहरण मात्र हुन् । पछिल्लो ६ महिना यता मात्र लागूऔषध ओसारपसारको आरोपमा ६६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धेरैजसो १८ देखि २५  वर्ष उमेर समूहका छन् ।  १८ देखि २५ वर्षका यो श्रावणदेखि माघसम्मको अवधिमा ३५ जना पक्राउ परे ।  

पक्राउ पर्नेमा धेरैजसो युवा उमेर समूहका छन् । २५ वर्षदेखि ३५ वर्षका यो ६ महिनाको अवधिमा २० जना पुगेका छन् । कतिपयलाई धरौटीमा छाडिएको छ भने कतिपयलाई पुर्पक्षका लागि थुनामा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

लागूऔषध ओसारपसारमा बालबालिकालाई समेत प्रयोग गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांक छ । पछिल्लो ६ महिनामा तीन जना बालबालिका प्रहरीले सम्सी सडक खण्डमा समात्यो । तीनै  जनालाई प्रारम्भिक अनुसन्धान सकेर प्रहरीले अभिभावकको जिम्मा लगाएको छ ।

लागूऔषध ओसारपसारमा संलग्नलाई कारबाहीको प्रक्रिया अगाडि बढाएता पनि अभिभावकहरूबाट छुटाउन चर्को दबाब आउने गरेको प्रहरीको भनाइ छ । ६६ वटा लागूऔषधका घटनामध्ये अहिले जिल्लामा ५१ वटा मुद्दा दर्ता भएका छन् ।

प्रहरीको अनुसार लागूऔषध सम्बन्धी घटना मध्य १३ जनालाई पूर्पक्षका लागी थुना पठाइएको छ । १९ जनालाई धरौटीमा छाडिएको छ भने ९ जना अझै फरार छन् । बाँकी २६ जनालाई लागूऔषध सम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार प्रतिबन्धित लागूऔषधसहित पक्राउ पर्नेमा सबैभन्दा बढीले नाइट्रोभेट-३० बोकेको अवस्थामा फेला परेका छन् । यो ६ महिनाको अवधिमा नाइट्रोभेट-१० लेखिएको मात्र ७ हजार ६३ ट्याब्लेट नियन्त्रणमा लिइएको छ । त्यसैगरी रेक्सोफ १०० एमएलको १ बोतल, चेलेरोफेरामाइन साइरुप लेखिएको १०० एमएल १६ बोतल, एक्सिपियन साइरुप-२३५ बोतल, स्पास्मो प्रोक्सिभन-८० पिस, डिआइक्स डिसी ३० बोतल, फेनेरगानी इन्जेक्सन १८१ एम्पुल, नोफिन इन्जेक्सन-१८६, उज्डेब इन्जेक्सन ७१ पिस, डिआइजेपान इन्जेक्सन ६३ एम्पुल, १७४ किलो ७ सय ग्राम नियन्त्रणमा लिइएको प्रहरीको तथ्यांक छ ।

प्रहरीले चेकजाँचमा कडाइ गरेता पनि सम्बन्धित निकायको बेवास्ताले विशेषगरी महोत्तरीको सम्सी नाका लागूऔषध ओसारपसार गर्ने मुख्य अड्डा बनेको छ । जिल्लाका अन्य नाकाबाट  कहिलेकाहीँ नियन्त्रण लिएता पनि सबैभन्दा धेरै समस्या सम्सी नाकामा नै भएको प्रहरीको भनाइ छ ।

भारतको विहार प्रदेशसँग सिमाना जोडिएको सम्सी नाका लागूऔषध ओसारपसार गर्ने डरलाग्दो द्वार मात्र बनेको छैन प्रयोगकर्ताको लागिसमेत सस्मी हुँदै भारत पुगेर लागूऔषधकर्ताको लागि सबैभन्दा ठूलो समस्या बनिरहेको देखिएको छ ।

समय-समयमा प्रहरी तथा अभियन्ताले यसतर्फ ध्यानाकर्षण गराएता पनि सरोकारवाला निकाय मौन बन्नुले झन् समस्या बनिरहेको जानकारहरू बत्ताउँछन् । नाकामा स्थानीय सरकारले विशेष योजना नबनाएसम्म लागूऔषधको समस्या झाङ्गिरहने जनप्रतिनिधि फाल्गुन स्कुलिङ मगर बताउँछन् । 

लागूऔषधमा सरोकारवाला निकायले ध्यान दिन नसक्दा महोत्तरीमा ठूलो समस्या बनिरहेको छ । आत्महत्या, चोरी डकैती, हिंसात्मक घटनाको मुख्य कारकसमेत लागूऔषध बनिरहेको विज्ञहरू बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);