प्रहरीकै मोटरसाइकल प्रयोग गरेर भागेका कारागार नाइके यमराज पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रहरीकै मोटरसाइकल प्रयोग गरेर भागेका कारागार नाइके यमराज पक्राउ

दाङ। घोराही कारागारका फरार नाइके यमराज परियार भारतमा पक्राउ परेका छन्। भारतबाट आजै उनलाई घोराही ल्याउको छ। उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजाल आफै फिल्डमा पुगेका थिए ।

परियार पुस ८ गते दिउँसो प्रहरीको मोटरसाइकल लिएर फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय दाङले केही बेरमा नै पत्रकार सम्मेलन आयोजना गरेर परियारलाई सार्वजनिक गर्ने जनाएको छ।

सिआइबीको टोली पनि परियारको खोजीमा लागेको थियो। उनी बस्ने ठाउँको एकीन गरेपछि दुई दिन अगाडि डिएसपी मुकुन्दप्रसाद रिजाल भारत पुगेका थिए । गएराति रिजालले आफ्नो फेसबुकमा त्यसको संकेत गरेका थिए । उनले ‘मिसन एनकाई ओभर’ लेखेका थिए । कर्तव्य ज्यान मुद्दामा साढे ७ बर्ष कैद भुक्तान गरिसकेका नाइके परियारलाई जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);