प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार

kaidi

दाङ । दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार भएका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाट भागेको प्रहरीले जनाएको छ ।

घोराही कारागारका नाइके समेत रहेका परियार छालाको उपचारका लागि अस्पताल गएका बेला त्यहीबाट भागेको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । उपचारका लागि हत्कडी खोलेपछि परियार प्रहरी जवानकै मोटरसाइकल लिएर भागेका थिए । उनी प्रहरी जवान धनबहादुर चौधरीसँगै लु३४प ४१० नंको मोटरसाइकल चढेर अस्पताल गएका थिए ।

घटनाबारे चौधरीले अपराह्न ४ बजेतिर मात्रै जानकारी दिनुले आशंका गर्ने प्रशस्त आधार देखिएकाले प्रहरी जवान चौधरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख काफ्लेले जानकारी दिए । बीस वर्ष कैद सजाय तोकिएका परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तान गरिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);