सुनसरी घटना र मधेसको तनावलाई लिएर राष्ट्रिय सभामा सरकारको चर्को आलोचना | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

सुनसरी घटना र मधेसको तनावलाई लिएर राष्ट्रिय सभामा सरकारको चर्को आलोचना

काठमाडौँ । 

सुनसरीको कप्तानगञ्जमा भएको हत्या प्रकरणलाई लिएर राष्ट्रिय सभामा सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् । सभाको शुक्रवारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरुले सुनसरी लगायत तराईका जिल्लामा उत्पन्न तनावबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । मधेसमा उत्पन्न धार्मिक तनावबारे सदनलाई जवाफ दिनको लागि सरकारलाई रुलिङ गर्न अध्यक्षको समेत ध्यानाकर्षण गराए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद जयन्तीदेवी राईले कप्तानगञ्जमा भएको ओमप्रकाश मेहताको हत्याले मुलुकलाई तरंगित र स्तब्ध बनाएको उल्लेख गर्दै यस्तो संवेदनशील घडीमा प्रधानमन्त्री स्वयं उपस्थित भएर घटनाको वस्तुस्थिति र समग्र अवस्थाबारे सदनलाई जवाफ दिनुपर्ने बताउनु भयो ।

पछिल्लो घटनाक्रम झन् जटिल बन्दै गएको र यसले आन्तरिक द्वन्द्व, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा गम्भीर असर पु¥याइरहेको बताउनु भयो । उहाँले यस्तो संवेदनशील घटनाप्रति सरकार पर्याप्त गम्भीर नदेखिएको आरोप लगाउनुभयो । उहाँले सरकारले आफैंले बोलाउनुपर्ने सर्वदलीय बैठकमा समेत प्रधानमन्त्री उपस्थित नभएको उल्लेख गर्दै तनाव शुरु भएकै बेला प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गरेको भए यति ठूलो क्षति नहुने दाबी पनि गर्नुभयो । उहाँले सुनसरीमा गोली किन र कसको आदेशमा चलाइयो ? भन्ने विषयमा निष्पक्ष छानविन गर्न समेत माग गर्नुभयो ।

नेकपा (एमाले)की मुख्य सचेतक रोशनी मेचेले मधेसमा उत्पन्न समस्याको हल आपसि संवादबाट गर्नुपर्नेमा सरकारले क्रुर र बर्बताको बाटो रोजेको भन्दै भत्र्सना गर्नुभयो । सरकार नागरिक बचाउन गएको हो कि गोली प्रहार गर्न ? उहाँको प्रश्न छ । उहाँले सुनरसरीसहित मधेश प्रदेश बलिरहँदा सरकार मौन बसेको आरोप पनि लगााउनु भयो ।सांसदहरुले मधेसमा भएको संवेदनशील घटनाबारे सरकारको आधिकारिक धारणा संसदमार्फत सार्वजनिक गर्न माग गर्नुभयो ।

Leave a Reply