पर्सामा जेठ १५ गतेसम्म १ सय २१ वटा लागू औषधका मुद्दा दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पर्सामा जेठ १५ गतेसम्म १ सय २१ वटा लागू औषधका मुद्दा दर्ता

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्सामा चालू आर्थिक वर्षको जेठ १५ गतेसम्म १ सय २१ वटा लागू औषधका १ सय २१ वटा मुद्दा दर्ता भएका छन् । पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले लागूऔषधमा १२१ वटा मुद्दा दर्ता भएको र १५३ जना पुरुष र ७ जना महिलासहित १६० जना पक्राउ परेको बताएको हो ।

यसैगरी, जेठ १५ गतेसम्म हुन्डी कारोबारमा संलग्न २६ जनालाई पक्राउ गरिएको छ भने १६ वटा मुद्दा दर्ता भएका छन् । हुन्डी कारोबारमा १३ जना नेपाली, १३ जना भारतीय पक्राउ परेका छन् ।

उनीहरूबाट २ करोड १८ लाख ९१ हजार नगद बरामद भएको छ । यसैगरी चालू आर्थिक वर्षको माघ र फागुनमा अबैध ५ लाख ८४ हजार भारतिय रुपैया र ३ लाख ९२ हजार नेपाली रुपैया सहित दुई जना लाई पक्राउ गरिएको छ । स्रोत नखुलेको कारण दुईजनालाई कसूर अनुसार कारबाई गरिएको प्रवक्ता ओम प्रकाश खनालले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);