पर्सामा मनोमानी भाडा असुली गर्ने २ जना एम्बुलेन्स चालकलाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पर्सामा मनोमानी भाडा असुली गर्ने २ जना एम्बुलेन्स चालकलाई पक्राउ

नितेश कर्ण,

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले मनोमानी भाडा असुली गर्ने २ जना एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ ।

पर्सा जिल्लामा सञ्चालित एम्बुलेन्स चालकहरुले कोभिड १९ संक्रमणको विषम परिस्थितीमा फाइदा उठाउने मनसायले संक्रमित तथा मृतकका आफन्तहरुबाट मनोमानी भाडा असुलेको सूचनाको आधार खटिएको प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गनबाहिर सडकबाट ना।२।च।३२५६ र ना।३ च।८१९९ नम्बरका २ वटा एम्बुलेन्सहित पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ९ विश्रामपुर बस्ने ३५ वर्षीय कमरुदिन रायभर र पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर १ निवासी २२ वर्षीय वीरबल मुखियालाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई कालोबजारी सम्बन्धि कसूरमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरिक्षक खनालले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);