आर्थिक वर्ष ०७७/०७८ मा वीरगन्ज नाकाबाट १ सय ८ महिला तथा बालबालिकाको उद्धार | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आर्थिक वर्ष ०७७/०७८ मा वीरगन्ज नाकाबाट १ सय ८ महिला तथा बालबालिकाको उद्धार

नितेश कर्ण,
पर्सा । गत आर्थिक वर्ष ०७७/०७८ मा वीरगन्ज नाकाबाट महिला तथा बालबालिका गरी १ सय ८ जनाको जिल्ला प्रहरी कार्यालय पर्साले उद्धार गरको छ ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार ८५ जना महिला, एकजना बालक र २२ जना बालिकाको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ भने चालू आवको भदौ ५ गतेसम्म १८ जना महिला र चारजना बालिका गरी २२ जनाको उद्धार गरिएको छ ।

खनालका अनुसार ७२ जना बालिका हराएकोमा ३५ जनालाई प्रहरीले फेला पारेको छ भने १५ जना आफैँ घर फर्केका छन् । २२ जना बालिका अझै फेला पर्न सकेका छैनन् ।

जबरजस्ती करणी ३७, जबरजस्ती करणी उद्योगमा ७, बालयौन दुरुपयोगका ७, कर्तव्यज्यानका ७, अपरहरण, जबरजस्ती करणीका ३, बहुविवाहका ३, बालविवाहका २, दाइजोको एउटा उजूरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको तथ्याङक छ ।

गत आवमा महिला झैँझगडा, कुटपिट अन्य निवदेन (सामाजिक हिँसा) ६८६ वटा दर्ता भएको, ३७८ फर्छोट भएको र ३०६ जना सम्पर्कमा नआएका प्रवक्ता खनालले बताए ।

प्रवक्ता खनालले गत आवको चैत मसान्तसम्म ६ जना ज्येष्ठ नागरिक हराएको निवदेन परेको र चारजनालाई प्रहरीले फेला पारेको तथा दुईजना आफैँ घर फर्केको बताए ।

यसैगरी ४६ जना महिला हराएकामा २५ जनालाई प्रहरीले फेला पारेको, ११ जना आफै फर्केका र १० जना हालसम्म फेला नपरेका बताए यो अवधिमा २५ जना बालक हराएका र एकजना मृत फेला परेको, २५ जनालाई प्रहरीले फेला पारेको तथा ११ जना आफैँ फर्केका र सातजना अहिलेसम्म बेपत्ता रहेको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);