आहा ! कति रमाईलो गुल्मीको सेल्फी टावर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आहा ! कति रमाईलो गुल्मीको सेल्फी टावर

सुमन महतारा,
गुल्मी
। गुल्मीको रेसुंगा नगरपालिका ७ अर्जुन डाँडामा रहेको सेल्फी टावरमा अन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढेको छ । सेल्फी टावरबाट मनोरम दृश्य देखिने भए पछि अन्तरिक पर्यटकहरु सेल्फी खिच्नकै लागि भएपनि टावरसम्म पुग्ने गरेका छन् ।

चारै तिर सुन्दर दृश्य, माथिल्तीर अर्जुन डाँडा, तल सुन्दर तम्घास बजार जुन दृश्यले जो कै को पनि मन लोभ्याउने गर्दछ । सदरमुकाम तम्घासबाट करिब तीन किलोमिटर उकालो चढेपछि भेटिने यो सेल्फी टावर पछिल्लो समय अन्तरिक पर्यटकसँगै युवायुवतीको निम्ति आक्रर्षणको केन्द्र बन्न पुगेको छ ।

१३ मिटर अग्लो टावरबाट मनोरम दुश्य अवलोकन गर्नेको लागि अन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । टावर चढ्दा निकैनै रमाईलो महशुश भएको अनिता क्षेत्रिले बताईन ।

सेल्फी टावर निर्माणको लागि लुम्बनी प्रदेश सरकारको १५ लाख लगानी रहेको छ । धेरै पर्यटक भित्राउनको लागी टावर सम्म पुग्न राम्रो मोटरबाटो, खानेपानी तथा होटलको व्यवस्था हुनु पर्ने आन्तरीक पर्यटक अनिता क्षत्री बताउँछिन्, ‘अरु सबै त ठिकै छ तर खानेपानी तथा होटलको व्यवस्था चााहि राम्रो सँग हुन पर्छ । ’ उनले भनिन् ।

पर्यटकीय तथा धार्मीक क्षेत्र अजुर्न डाडाको बृहतर विकासको लागी सेल्फी टावर निर्माण गरिएको वडा कार्यालले जनाएको छ । संघीयताका कारण सुनसान बन्दै गएको सदरमुकाम तम्घास बजारमा छहलपहल कायम राख्न र आन्तरिक पर्यटक बढाउन सेल्फी टावर जस्ता थुर्पै पर्यटकीय स्थलको निमार्ण तथा निर्माण भएका पर्यटकीय तथा धार्मिक स्थलको प्रचार प्रसार गर्ने सक्ने हो भने आन्तरिक तथा बाह्य पर्यटक सजिलै भित्राउन सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);