लखर-लखर नहिंड्नुस, ठाउँको ठाउँ कोरोना परीक्षण | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

लखर-लखर नहिंड्नुस, ठाउँको ठाउँ कोरोना परीक्षण

सुवास आचार्य,
बागलुङ । बागलुङमा निषेधाज्ञाको अवज्ञा गर्ने नगरिकलाई सडकमै रोकेर कोरोना परीक्षण गर्न थालिएको छ ।

परिवारका सदस्यमा कोरोना पोजेटिभ देखीए पनि अन्य सदस्यले कोरोना परीक्षण गर्न हिचकिचाउने तर निषेधाज्ञाको अवज्ञा गरी बजार डुल्ने गरेको कारण बजारका चोक चोकमा रोकेर एन्टीजेन परीक्षण गर्न थालिएको हो ।

कतिपय नागरिक कोरोना संक्रमण भएर परिक्षण गर्न नमान्ने तर बजारमा हिडडुल गर्ने गरेकोले जिल्ला कोभिड व्यवस्थापन केन्द्रको आग्रमा बागलुङ नगरपालिका स्वास्थ्य शाखाले यस्तो अभियान सुरु गरेको हो ।

निशेधाज्ञाको समयमा पनि मानिसहरु जथाभावी सडकमा निस्किने गरेको कारण सडकमै कोरोनाको एन्टीजेन परीक्षण गर्न थालिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

अनावश्यक रुपमा हिडडुल गर्ने व्यक्तिलाई समेत घुम्ती कोरोना परीक्षणले निरुत्साहित पार्ने उदेश्यले यस्तो गरिएको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए ।

३ तीन सम्म विभिन्न चोकमा १ सय ६८ जनाको एन्टीजेन परीक्षण गर्दा १ जनामा मात्रै पोजेटिभ देखिएको थियो । समुदायमा कत्तिको कोराना फैलिरहेको छ, सो कुराको एकिन गर्न पनि नमुनाको रुपमा घुम्ती परिक्षण गरिएको बागलुङ नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटाले बताईन् ।

कोभिड–१९ पहिलोदेखि दोस्रो लहरसम्म आउँदा बागलुङमा ६५ जनाको ज्यान गएको छ । जिल्लामा मृत्यु भएकामध्ये अधिकांश संक्रमित गम्भीर लक्षण देखिँदा पनि अटेरी गरेर घरै बसेकाहरू छन् । सडकमै कोरोना परिक्षण गर्दा नागरिकको अवस्था वुझ्न र कोरोना नियन्त्रणमा सहज हुने स्थानिय बताउँछन् ।

हाल सम्म २५ हजार ८ भन्दा बढी परिक्षण हुँदा ७ हजार ४ सय २१ जनामा सक्रमण पुष्टी भएकोमा ६ हजार ९ सय ८६ जना निको भैसकेका छन् भने जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ७० रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);