कोरोना संक्रमण बढ्दै, सर्वसाधारण स्वास्थ्य सुरक्षामा बेवास्ता गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोरोना संक्रमण बढ्दै, सर्वसाधारण स्वास्थ्य सुरक्षामा बेवास्ता गर्दै

corona virous

दाङ,२० मंसिर। दाङमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । हालसम्म जिल्लामा कोरोनाकै कारण ३५ जनाको ज्यान गैसकेको छ भने संक्रमितको संख्या ३१ सय भन्दा बढी पुगिसकेको छ । तर सर्वसाधारण भने स्वास्थ्य सुरक्षामा बेवास्ता गर्न थालेका छन् ।

तर, पछिल्लो समय नागरिकहरु भने बजारमा कोरोना भाइरस नै हराएर गएको जसरी बेवास्ता गर्दै हिँडिरहेका छन् । यता प्रशासनले भने अझै जिल्लामा कोरोना जोखिम उत्तिकै रहेकाले कोरोना संक्रमण फैलन नदिने भन्दै मास्क नलगाइ हिड्नेलाई मास्क लगाउन आग्रह गर्ने अभियान चलाएको छ ।

कोरोना संक्रमणबाट बच्न अनिवार्य मास्क लगाउनु पर्ने भएता पनि नागरिकले पछिल्लो समय यसलाई बेवास्ता गरेपछि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सहित सुरक्षाकर्मीहरु दाङका प्रमुख बजार तुलसीपुर , घोराही र लमही क्षेत्रमा पुगेर नागरिकलाई मास्क लगाउने बारे सचेत गराउँदै आएका छन् ।

प्रजिअसहितको सुरक्षाकर्मीको टोलीले नागरिकहरु माथि निगरानी गरिरहेको छ । मास्क बिना हिडडुल गरेका नागरिक र सवारी साधनलाई रोकेर सम्झाइ बुझाइ गदै सामान्य नागरिकलाई निशुल्क मास्क र पैसा भएकालाई सःशुल्कमा मास्क वितरण गर्ने गरिएको छ ।

कोरोनाबाट बच्ने उपाय भनेकै मास्क लगाउनु, स्यानिटाइजर प्रयोग गर्नु, सावुनपानीले हात धुनु, सामाजिक दुरी कायम गर्नु जस्ता क्रियाकलाप भएकाले नागरिकलाई यस प्रति सचेत गराउने यो अभियान संचालन गरिएको प्रजिअ आचार्यले बताउनुभयो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय दाङले भने एक महिनाको अवधिमा मास्क नलगाइ हिड्डुल गर्ने १ हजार ३० जना ब्यक्तिलाई कारबाही गरेको जनाएको छ ।

गत कात्तिक १९ गतेदेखि मंसिर १९ गते सम्म कोरोना भाइरस (कोभिड १९) सङक्रमण फैलिन नदिन तथा रोकथामका लागी जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सूचनाको अवज्ञा गरी माक्स नलगाइ हिडडुल गर्ने १ हजार ३० जना ब्यक्तिलाई कारवाही गरेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए ।

उहाँका अनुसार उक्त कारबाहीबाट १ लाख ३० हजार जरिवाना संकलन भएको छ । त्यसैगरी प्रहरीले कोरोना भाइरसको संङक्रमण रोक्नको लागी जिल्ला प्रशासन कार्यालय दाङद्वारा जारी गरिएका सूचनाहरु पालना गरी सङक्रमण फैलिन रोक्न सहयोग सबैलाई आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);