हङकङमा कोरोना भाइरसको संक्रमण बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हङकङमा कोरोना भाइरसको संक्रमण बढ्यो

एजेन्सी, १४ साउन । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले कोरोना भाइरसको संक्रमण फैलदै गएको र यसबाट स्वास्थ्य सेवाले चाप थेग्न नसक्ने स्थिति आउन सक्ने बताउनु भएको छ ।

हङकङमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्न थालेपछि लामले स्वास्थ्य सेवाले चाप थेग्न नसक्ने स्थित आउन सक्ने बताउनु भएको हो । साथै उहाँले नियन्त्रणका लागि कडा नियम लागू पनि गर्नुभएको छ । नयाँ नियम अनुसार फरक परिवारका दुई जना व्यक्ती मात्रै भेट्न पाईने छ ।

यस्तै रेस्टुराँमा गएर खान नपाउने तर घरमा लगेर खान पाइने नियमलागू गरिएको छ । सार्वजनिक स्थानमा मास्क विना हिंडडुल गर्न पाइनेछैन । शुरुमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा रहेको हङकङमा पछिल्लो समय दैनिक १ सय भन्दा धेरै संक्रमित थपिदै गएपछि नयाँ नियम लागू गर्न बाध्य भएको लामले बताउनु भयो ।

हङकङमा संक्रमण नियन्त्रणका लागि जिमखाना तथा ब्युटिपार्लरहरु भने अहिले पनि बन्द छन् । ७५ लाख जनसंख्या रहेको हङकङमा कोरोनाका कारण अहिलेसम्म २३ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २ हजार ८ सय ८५ पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);