बेलायतमा कोरोना भाइरस संक्रमणको दर बढदै ,कडा प्रतिबन्ध लगाउने संकेत | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

बेलायतमा कोरोना भाइरस संक्रमणको दर बढदै ,कडा प्रतिबन्ध लगाउने संकेत

एजेन्सी, ३ असोज । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले मुलकमा कोरोना भाइरसको दोस्रो लहर आइसकेको अनुभव गर्न थालिएको बताउनु भएको छ । प्रधानमन्त्री जोन्सनले बढ्दो संक्रमणले कोरोना भाइरसको दोस्रो लहर आइसकेको पुष्टि हुने बताउनु भयो । विज्ञहरुले कोरोनाको दोस्रो लहर आउन सक्ने बताइरहेपनि अहिलेको अवस्थामा नै दोस्रो लहरको महसुस गरिसकेको उहाँको भनाइ छ ।

यसैकारण अब भौतिक दुरी कायम गर्न कडा खालका प्रतिबन्धहरु पनि लगाउनुपर्ने अवस्था आउन सक्ने जोन्सनले उल्लेख गर्नुभयो । बेलायतको स्वास्थ्य तथा सामाजिक व्यवस्था मन्त्रालयले पनि केही हप्तायताको कोरोना संक्रमण बढी रहेको र अवस्था निकै नै नाजुक बन्दै गएको भन्दै सरकारलाइ सचेत गराइसकेको छ ।

गएको मे महिनापछि अहिले वेलायतमा दिनहुँ संक्रमितको संख्या बढ्नेक्रममा छ । यसअघि नै बेलायती वरिष्ठ चिकित्सक तथा वैज्ञानिकहरूले यो वर्ष जाडोयाममा कोरोना भाइरसको दोस्रो लहर आउन सक्ने बताएका थिए । प्रधानमन्त्री जोन्सनले अवस्था यस्तै रहे दोस्रोे लहर नियन्त्रणका लागि हालको भन्दा कडा प्रतिबन्धहरु लगाउने संकेत पनि दिनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);