बेलारुसका राष्ट्रपतिद्वारा सेनालाई उच्च सतर्कताको अवस्थामा रहन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बेलारुसका राष्ट्रपतिद्वारा सेनालाई उच्च सतर्कताको अवस्थामा रहन निर्देशन

एजेन्सी,३असाेज। बेलारुसमा राष्ट्रपतिको राजीनामा माग गर्दै मुलुकका विभिन्न सहरमा बृहत प्रदर्शनहरु भएपछि राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कोले सेनालाई उच्च सतर्कताको अवस्थामा रहन निर्देशन दिनुभएको छ ।

पश्चिमी मुलुकहरुको सक्रियतामा देशभर विरोध प्रदर्शनहरु भइरहेको आरोप लगाउँदै आएका राष्ट्रपति लुकाशेन्कोले यस्तो निर्णय गर्नुभएको हो । राष्ट्रपति लुकाशेन्कोले वुमन फोरमलाई सम्बोधन गर्दै सडकहरुबाट सेनालाई फिर्ता बोलाएर उच्च सतर्कताको अवस्थामा रहन निर्देशन दिएको बताइएको छ । साथै उहाँले पोल्यान्ड र लुथियानासँगको पश्चिमी सीमानाका पनि बन्द गर्न निर्देशन दिनुभएको छ ।

अगस्त ९ मा भएको निर्वाचनमा राष्ट्रपति लुकाशेन्कोले धाँधली गरेको भन्दै उहाँविरुद्ध प्रदर्शनहरु सुरु गरिएको छ । तर, निर्वाचन आयोगले सन् १९९४ बाट शक्तिमा रहनु भएका लुकाशेन्कोले ८० प्रतिशतभन्दा बढी मत पाएको र मुख्य विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले १० प्रतिशतभन्दा केही बढी भोट पाएको जनाएको थियो ।

राष्ट्रपति लुकाशेन्कोको आरोपको अमेरिका र युरोपियन युनियले खण्डन गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);