महाकाली नदीमा जलस्तर उच्च, तटिय क्षेत्रका वासिन्दालाई सतर्क रहन प्रशासनको अनुरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महाकाली नदीमा जलस्तर उच्च, तटिय क्षेत्रका वासिन्दालाई सतर्क रहन प्रशासनको अनुरोध

बासु देव बडू,
दार्चुला । विगत तीन दिनदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा जलस्तर बढेको छ ।

पानीको स्तर धेरै बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गर्दै महाकाली नदीमा जल स्तर सतर्कताको तहसम्म पुग्ने सम्भावना रहेको भन्दै सतर्क गराएको छ ।

जिल्ला प्रशासन कार्यालयले महाकाली नदीको तटिय क्षेत्र तथा जिल्लाका अन्य नदी खोला वारीपारीका क्षेत्रमा बाढी आउन सक्ने र केही जोखिमका स्थानहरुमा पहिरो समेत जान सक्ने हुँदा सुरक्षाका लागि आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

निरन्तरको वर्षाका कारण दार्चुलाका अधिकांस ग्रामिण सडकहरु अवरुद्ध भएका छन् भने अहिलेसम्म कुनै प्रकारको धनजनको क्षति भने नभएको प्रशासनले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);