अविरल वर्षासँगै आएको बाढीका कारण महाकाली नदीमा पानीको बहाव बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अविरल वर्षासँगै आएको बाढीका कारण महाकाली नदीमा पानीको बहाव बढ्यो

दार्चुला । केही दिनदेखि परेकोे अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढदै गएको छ ।

यस वर्ष असारपूर्व नै मनसुन शुरुभएसंगै महाकाली नदीको समेत बहाव बढ्दै गएको हो ।

दार्चुलाको लिम्पियाधुरादेखि हिमाल, पहाड, चुरे भावर भएर कञ्चनपुरको तटिय क्षेत्रमा बग्ने महाकाली नदीमा पानीको सतह बढेसंगै आसपासका खोलानाला र निर्माणाधिन चार लेनको पक्की पुलका संरचनामा समेत क्षति पु-याएकाे छ भने भीमदत्त नगरपालिका १२ ऐरी ओदाली र दोधाराचाँदनी नगरपालिका ९ शान्ति टोल डुवानमा परेका छन ।

शनिबार नदीमा पानीको बहाव बढेसगै निर्माणाधिन चारलेनको महाकाली पुलका संरचना भत्काएको छ । महाकाली नदीमा पानीको सतह उच्च भएसंगै दोधाराचाँदनी नगरपालिका १० भएर बग्ने जोगबुढा नदीको पानी थुनिएर गाँउ डुवानमा परेको छ ।

जोगबुढा नदी थुनिएर दोधाराचाँदनी नगरपालिका १० शान्ति टोल क्षेत्रको तटिय भूभाग पनि जलमग्न भएको छ । महाकाली नदीमा पानीको बहाव बढ्संगै भीमदत्त नगरपालिका १२ऐरी स्थित नदी थुनिएर १०÷१२ घर डुवानमा परेका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले बिहानको तुलनामा दिउँसोम महाकाली नदीमा बहाव बढ्दै गएको बताएका छन् । उहाँका अनुसार बिहान १ लाख ७५ हजार क्यूसेक पानी रहेको महाकालीमा दिउँसो बढेर १ लाख ९१ हजार पुगेको छ ।

देशका विभिन्न भागमा वाढिले ताण्डप मच्चाईरहेका बेला कञ्चनपुरको महाकाली नदी सहितका तटिय वाढी जोखिमयुक्तका स्थानीय समेत त्रसित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);