बालबालिकाको व्यक्तित्व विकासका लागि स्काउटले विद्यालयको तल्लो तहसम्म पुगेर काम गर्छ : अध्यक्ष भण्डारी | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

बालबालिकाको व्यक्तित्व विकासका लागि स्काउटले विद्यालयको तल्लो तहसम्म पुगेर काम गर्छ : अध्यक्ष भण्डारी

काठमाडौं । नेपाल स्काउटका अध्यक्ष लोक बहादुर भण्डारीले बालबालिकाको व्यक्तित्व विकासका लागि स्काउटले विद्यालयको तल्लो तहसम्म पुगेर काम गर्ने बताएका छन् ।

शनिबार नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा अध्यक्ष भण्डारीले बालबालिकाको व्यक्तित्व विकासको वृद्धि गर्दै सफल व्यक्ति बन्नका लागि स्काउटको आवश्यकता छ भन्नेकुरा विद्यालयको तल्लो तहसम्म पुगेर बुझाउने बताएका हुन् ।

अध्यक्ष भण्डारीले विद्यालय तहको पाठ्यपुस्तकमा समेत स्काउटको बारेमा राखिएको र बजेटमा पनि स्काउटलाई विद्यालयमा पु¥याउने कुरा आएको उल्लेख गर्दै शिक्षकहरुलाई तालिम दिएर विद्यार्थीहरुलाई स्वयम्सेवी भाव जगाउने पनि बताए ।

अध्यक्ष भण्डारीले समाजमा स्काउटको आवश्यकता र महत्व बढ्दै गएको पनि बताए । समाजमा स्वयमसेवा गर्नेहरु घट्दै गइरहेको बेला स्काउटले समाजका विकृति र विसंगतिका विरुद्ध जुध्नका लागि अग्रसर बनाउँदै सकारात्मक सोचका साथ स्वयमसेवी बनाउने गरेको उनले बताए ।

केही समय अघिसम्म निष्क्रिय देखिएको नेपाल स्काउटले पछिल्लो समय आफ्नो सक्रियता देखाएको छ । देशभरको स्थानीय तहसम्म आफ्नो संरचनालाई पु¥याउँदै हाल कोरोनाको महामारीमा पनि स्काउटले स्वयमसेवी भुमिका खेलेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);