मनसुन तत्काल कमजोर हुँदैन : मौसमविद् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मनसुन तत्काल कमजोर हुँदैन : मौसमविद्

काठमाडौं । केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिईन् ।

यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ । त्यसैले केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहन सक्नेछ । केही दिनपछि भने यो वायुको प्रभाव निस्तेज हुने जनाइएको छ ।

मनसुन सुरु हुने औसत मितिभन्दा तीन दिनअघि नै यस वर्ष सक्रिय मनसुनले लगातार पानी पारिरहेको छ । विभागका अनुसार, अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ ।

प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मनसुनी वायुले हल्का पानी पारिरहेको छ । महाशाखाका अनुसार लगातार वर्षाको सिलसिला सोमबारसम्म पनि जारी रहनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);