आज हल्का वर्षा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आज हल्का वर्षा हुने

काठमाडौं । मनसुन निस्क्रिय भए पनि अझै बाहिरिएको छैन । उत्तरार्धमा मनसुन कायमै हुँदा मुलुकमा हल्का वर्षा हुने गरेको छ । यो पटक संशोधित तालिका अनुसार मनसुन बाहिरिन अझै ६ दिन रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार नेपालमा तीन दिनसम्मको मौसम पूर्वानुमान हुने भएकाले मनसुन बाहिरिनेबारे अझै प्रष्ट आँकलन भइसकेको छैन ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मंगलबार प्रदेश १ र २ का एक÷दुई स्थान र बाँकी प्रदेशका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ । बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);