विराटनगर महानगरपालिकामा आकाशे पुल ठेक्का सम्झौता भएपनि पुल निर्माणले पुर्णता पाउन सकेन (एक रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विराटनगर महानगरपालिकामा आकाशे पुल ठेक्का सम्झौता भएपनि पुल निर्माणले पुर्णता पाउन सकेन (एक रिपोर्ट)

विराटनगर। विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र, ठेक्का सम्झौता भएपनि पुल निर्माणले पुर्णता पाउन सकेन ।

विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भुमिकाको अभाव तथा स्थान सुनिश्चित नगरि योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोड रुपैयाँको योजना अलपत्र परेको हो ।

विराटनगर महानगरपालिकाको कोशी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन बर्ष पुगेको छ । २०७७ साल चैत्र २ गते विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले नगरक्षेत्रको बरगाछीमा एक कार्यक्रमकाबीच आकाशे पुलको विधिवत् शिलान्यास गर्नुभएको थियो ।

त्यसयता आकाशे पुलको डिजाईन गरि ठेक्का समेत लगाइएपनि हालसम्म पुल निर्माणले पुर्णता पाउन सकेको छैन । सम्बन्धित निकायको ढिलासुस्तीका कारण निर्माण अलपत्र परेको विराटनगर पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए ।

महानगरपालिकाले आकाशे पुल निर्माणका लागि भन्दै २०७६ साल फागुन १६ गते टेण्डर निकालेको थियो । त्यसको झण्डै एक बर्षपछि अर्थात् २०७७ माघ २८ गतेमात्र महानगरले ढिलागरि ठेकेदारहरुको टेण्डर स्वीकृत गरेको थियो ।

महानगरको घाँसचोक, बरगाछि र कंचनबाडीचोकमा गरि तीनवटा फलामे संरचनाको आकाशे पुल बनाउनेगरि योजना अघि बढाइएको छ । त्यसमध्ये बरगाछी समेतको दुई स्थानमा निर्माणको ठेक्का विराटनगरको कला बिल्डर्सले पाएको छ भने कंचनबाडीचोकमा आरके बिल्र्डसले ठेक्का पाएको छ ।

महानगरले तीनवटै पुलकालागि २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लगाएको हो । सम्बन्धित जग्गा धनीहरुले निर्माण रोक्न महानगरमा निवेदन दिएपछि खबरोध भएको कला बिल्र्डसका प्रोपाइटर सञ्जय यादवको तर्क छ ।

विराटनगर महानगरपालिकाले भने विकाससँग जोडिएको बिषयमा सबैले सहयोग गर्नुपर्ने बताएको छ । महानगरपालिकाले आकाशे पुलको योजनाका सम्बन्धमा सरोकारवालासँग पर्याप्त छलफल नगरिएको र स्थानियलाई विश्वासमा लिन नसकिएका कारण काममा ढिलाई भइरहेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);