१० वर्षदेखि अलपत्र फोक्सिनटार पुल अन्तिम चरणमा, पुलको स्ल्याब ढलान सकियाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

१० वर्षदेखि अलपत्र फोक्सिनटार पुल अन्तिम चरणमा, पुलको स्ल्याब ढलान सकियाे

उदयपुर । नेपालकाे दोस्राे आर्क ब्रिज उदयपुर-खोटाङ जोड्ने फोक्सिन्टारमा निर्माणाधीन पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । १० वर्षअघि नै निर्माण सुरू भए पनि विभन्न कारणले पटक पटक अलपत्र पर्दै आएकाे याे पुल यस वर्ष भने पूरा हुने चरणमा छ ।

पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले चार वर्ष काम नै नगरी अलपत्र छाडेको थियाे । तर, पुल पछिल्लो समय भने द्रुत गतिमा काम गरेपछि उदयपुर-खोटाङ जोडिएको हो । सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल सडकमा पर्ने सुनकोशी नदीको पक्की पुल निर्माणको म्याद चौथो पटक थपिएपछि निर्माण सम्पन्न हुन लागेकाे हाे ।

गाईघाट–दिक्तेल सडकको उदयपुरतर्फ रौतामाई गाउँपालिका– ५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका– ९ बीचको फोक्सिन्टारमा निर्माणाधीन पुल २२ चैत ०७५ मा सम्पन्न गर्नेगरी ३० चैत ०६९ मा ठेक्का सम्झौता भएको थियो ।

एक सय २० मिटर लामो याे पुल निर्माणको जिम्मा गौरी-पार्वती र वाईपी जेबीले लिएको थियाे । पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानले सो पुल निर्माणको प्राविधिक रेखदेख गर्ने जिम्मा पाएको छ । अलपत्र अवस्थामा रहेको आर्क डिजाइनको पुल २६ असोजकाे मध्यरात सम्ममा पुलको स्ल्याब ढकान सकिएकाे पुल योजना पुर्वी क्षेत्र सेक्टर नम्बर १ धरानका डिभिजन इन्जिनियर नितेस झाको भनाइ छ ।

उनको भनाइअनुसार इन्जिनियर अजयकुमार साहको रेखदेखमा प्राविधिकसहितको टोलीले पुलको स्ल्याब ढलान गरेकाे र बुधवार अबेर राति काम सकेर कात्तिक मसान्तसम्ममा पुलबाट गाडी चलाउन मिल्ने झाको भनाइ छ । बिहीवार सम्ममा ९० प्रतिशत काम सम्पन्न हुने डिई झाले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);