जुम्ला–डोल्पा जोड्ने पुल ८ वर्षदेखि अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जुम्ला–डोल्पा जोड्ने पुल ८ वर्षदेखि अलपत्र

pool

काठमाडौं, १२ फागुन । जुम्लादेखि डोल्पासम्म जोड्ने पक्की पुल निर्माणको काम वर्षौंदेखि अलपत्र अवस्थामा छ । जुम्लाको चन्दननाथ नगरपालिका–१ दानसाँघमा ८ वर्षदेखि निर्माण भइरहेको पक्की पुल अलपत्र अवस्थामा छ । ६० मिटर लम्बाइ रहेको यो पुल २०६८ असार १५ बाट निर्माण कार्य थालनी गरिएको थियो ।

जुम्ला हँुदै डोल्पा जोड्ने दाँनसाघु पक्की पुलमा संघीयता नआउँदै, केन्द्रीय सरकारले करोडौं बजेट दियो । तर, कहिले ठेकेदारको लापरबाही, कहिले प्राविधिक स्टिमेटको कमजोरी, कहिले चिसोमा सिमेन्टको काम नहुने भन्दै आठ वर्ष बितिसक्दा समेत तीनवटा स्ल्याबमात्रै हालिएको छ भने अझै एउटा स्ल्याब हाल्न बाँकी नै छ । पुल निर्माणका लागि विभिन्न चरणमा भएका सम्झौताबाट पनि यसले पूर्णता पाउन सकेन । २०६८ पछि पुनः २०७१ साल असार मसान्तसम्म सम्पन्न गर्ने ठेकदारसँग सम्झौता गरियो । तर, दोस्रो सम्झौता गरेको ५ वर्ष बितिसक्दा पनि पुल अलपत्र अवस्थामै छ । २०७२ सालमा तत्कालीन प्रमुख इन्जिनियर हरिप्रसाद शर्माले उक्त पुलको डिजाइन फेल भएको जनाइएपछि निर्माण कार्यमा बीचमै अवरोध आएको छ ।

पुल निर्माण कम्पनी एसबीए बन्धन भगवती पृथ्वी जेभी बत्तीसपुतली काठमाडौंका प्रोपाइटर तारासिंह कठायतले भने, “प्राविधिकको कमजोरीको कारण एकातर्फ पुल निर्माण ढिला भयो भने अर्कोतर्फ आर्थिक समस्या चुलिँदै गयो ।” परिणामस्वरुप पुल अलपत्र भएको उनको भनाइ छ । जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख इन्जिनियर हिक्मतबहादुर महतले पुलको डिजाइन जिल्ला तहबाट नभएको बताए ।

उनले भने, “डिजाइन गर्दा नै विस्तृत अध्ययन नभएको र छुट्टै कन्सल्टेन्सीले आफ्नो मनोमानीअनुसार स्टिमेट गर्दा समस्या अएको हो । २०६८ सालबाट तीनवटा स्ल्याब हालुन्जेल झण्डै ५ देखि ७ करोड बढि बजेट खर्च भइसकेको छ । तर, अझै पनि पुलले पूर्णता पाउन नसक्नु दुःखद पक्ष हो ।” कठायतका अनुसार अझै पनि यसलाई अन्तिम रूप दिन ५ करोडभन्दा बढी बजेट आवश्यक पर्ने दखिन्छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

२०७८देखि ७२ सम्म गरिएको काम तथा पुलको डिजाइन फेल भएपछि पुनः त्यसको डिजाइन गरेर बल्ल आधा काम भएको छ । पहिला निर्माण गरिएका पिल्लरको डिजाइन फेल भएको थियो । जसले गर्दा एउटै पुल निर्माणका लागि दोहोरो खर्च गर्नुपरेको छ । अझै पुल निर्माणको ६५ प्रतिशत काम बाँकी छ । यतिबेला गाडी गुडिसक्ने पुलमा प्राविधिकको डिजाइन गडबडीले गर्दा, नदीमा जोखिम मोलेर गुठिचौर गाउँपालिकाका स्थानीयहरू सवारी चलाउँछन् । केन्द्रीय सरकारको बजेटमा पुल बनेको र संघीयतापछि बजेट विनियोजन नभएकाले पुल अलपत्र अवस्थामा छ ।

मन्त्रालयले अघिल्ला वर्षमा करोडौँको आयोजनाका लागि न्यून बजेट विनियोजन गरेकाले निर्माण कार्य ढिलाइ भएको प्रमुख इन्जिनियर महतको भनाइ छ । अब प्रदेश सरकारले यसमा विशेष चासो देखाएको छ । आवश्यक बजेट छुटाएमा चाँडै निर्माण कार्य अघि बढाइने निर्माण कम्पनीले बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);