पुल निर्माणमा ढिलाई हुँदा जुम्ला-डोल्पाका स्थानीय मारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

पुल निर्माणमा ढिलाई हुँदा जुम्ला-डोल्पाका स्थानीय मारमा

जुम्ला, २५, पुष । जुम्ला–डोल्पा सडक खण्ड अन्र्तगत तिला र जवा नदी माथि बन्न लागेको पुल अलपत्र भएपछी स्थानीय समस्यामा परेका छन् । ८४ मिटर पक्की पुल काम सुरु भएको ७ वर्षमा पनि पुल बन्न नसक्दा जुम्ला र डोल्पाका स्थानीयलाई कठिन भएको हो ।

चार करोडको लागतमा २०६७ सालबाट काम सुरु भएको पक्की पुल अलपत्र भएको छ । पुल नबन्दा जुम्लाको गोठीचौर गाउँपालिका र डोल्पाका स्थानयीलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्न कठिन भएको छ भने राज्यले जुम्ला र डोल्पालाई उपेक्षा गरेको स्थानीयको गुनासो छ ।

जग्गा धनिले काममा अवरोध गरे पछि पुलको निर्माणको काम रोकिएको हो । काम गर्ने वातारण भएमा यही आर्थिक वर्षमा पुल निर्माण सकिने निर्माण कम्पनीले दाबी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);