चिसो र शीतलहरका कारण तराईको जनजीवन अत्यन्तै कष्टकर | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

चिसो र शीतलहरका कारण तराईको जनजीवन अत्यन्तै कष्टकर

rajbiraj

काठमाडौं, २५ पुस । केही दिनयता तराईका जिल्लामा बढेको चिसो र शीतलहरका कारण जनजीवन अत्यन्तै कष्टकर बनेको छ । झण्डै दुई दर्जनभन्दा बढी सर्वसाधरणको कठ्याङिग्रएर मृत्यु भइसकेको छ । उता उच्च हिमाली जिल्लामा पनि हिमपातका कारण जनजीवन कष्टकर बनेको छ ।

खासगरी तराईमा चिसोका कारण ज्यान जाने नियमित प्रक्रिया जस्तै भएको छ । सरकारले चिसो र शीतलहर प्रभावित नागरिकलाई जोगाउन बेलैमा सतर्ककता अपनाउनु पर्ने हो ।

पुस-माघ महिनामा तराई-मधेसमा शीतलहर हुन्छ भन्ने सरकारलाई थाहा छ । र, यसैगरी हिमाली जिल्लामा हिमपात भएर त्यहाँको जनजीवन कष्टकर हुन्छ भन्ने पनि सरकारलाई अवगत नै छ ।

तर, सरकारले यसबारे बेलैमा सतर्कता नअपनाउँदा प्रत्येक वर्ष मानवीय क्षति हुने क्रम रोकिएको छैन । अझ क्षति रोक्न र प्रभावितलाई राहत उपलब्ध गराउने सवालमा पनि सरकार सुस्त देखिन्छ ।

ढिलै भएपनि स्थानीय प्रशासनले शीतलहर पीडितलाई न्यानो कपडा तथा दाउरा र कतिपयलाई खानाको प्रबन्ध मिलाएको दाबी गरिरहँदा चिसो प्रभावितहरु भने त्यस्तो राहत नपाएको गुनासो गरिरहेका छन् ।

यता, चिकित्सकहरुले चिसोबाट सजग रहन सर्वसाधरणलाई सजग गराएका छन् । हरेक वर्ष चिसोका कारण मानवीय क्षति हुने गरेको यथार्थबाट ज्ञात सरकारले पूर्वतयारी नगर्नु विडम्बना हो । अझ चिसोले विरामी परेका सर्वसाधरणले उपचार तथा राहत नै नपाएका उदाहरण पनि प्रशस्त छन् । यस विषयमा सरकार बेलैमा गम्भीर बन्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);