पाँच दिनदेखिको लगातारको शीतलहरका कारण तराईका जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाण्डौँ, ४ पुस । पाँच दिनदेखि निरन्तर रुपमा चलेको शीतलहरले तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ ।

बाक्लो हुस्सु र शीतलहरका कारण चिसो अत्याधिक बढ्दा तराईका जिल्लाको जनजीवन प्रभावित भएको हो । न्यानो कपडा र ओढ्ने ओछ्याउने नभएका विपन्न परिवारका मानिसको दैनिकी थप कष्टकर बनेको छ ।

चिसो बढेपछि बजारमा मानिसको चहलपहल घटेको छ । स्थानीयवासी चोक चौतारा र बाटोमा आगो ताप्नेको संख्या बढेको छ । मौसम बदली भई तराई क्षेत्रमा गएको शुक्रबारदेखि चिसो बढेको हो ।

चिसोका कारण निजी तथा सरकारी स्वास्थ्य संस्थामा निमोनिया, रुघाखोकी जस्ता रोगका बिरामी बढेका छन् । चिकित्सकले तातो खानेकुरा खान तथा अत्यावश्यक कामका बेला बाहेक घर बाहिर ननिस्कन सुझाव दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);