रुकुममा एक महिला मृत अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

रुकुममा एक महिला मृत अवस्थामा फेला

death

रुकुम, ४ पुस । बाँफिकोट गाउँपालिकामा एक महिला आज मृत अवस्थामा फेला परेको छ ।

 

जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार बाँफिकोट गाउँपालिका– ५ झुलाकी ३६ वर्षीया गीता जैसी घरमै मृत अवस्थामा फेला परेको हो ।

 

मृतक जैसीको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जैसीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ ।

 

घटनाबारे अनुसन्धान भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);