केहीदिन देखिको शीतलहरका कारण प्रदेश २ को जनजीवन कष्टकर | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

केहीदिन देखिको शीतलहरका कारण प्रदेश २ को जनजीवन कष्टकर

पर्सा, ६ माघ । एक हप्ता देखी बढेको अत्याधिक चिसोका कारण पर्सा, बारा, रौतहट लगायत जिल्लाका स्थानीयहरुको जिवनयापन कष्टकर बन्दै गएको छ । केही दिन देखी चलेको सितलहरका कारण बच्चा, वृद्धवृद्धा, दैनिक मजदुरी गर्नेहरुलाई निकै सास्ती भएको छ ।

केही दिन देखि बढेको अत्याधिक चिसोको कारण पर्सा लगायतका तराईका जिल्लाहरुमा चहलपहल कम हुन थालेको छ । ठेला, रिक्सा, ईरिक्सा, टेम्पू, टगां लगायतका साधन चलाएर हिँड्नेहरुलाई निकै नै सास्ती हुन थालेको हो ।

चिसो बढेसँगै जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहवाट आगो ताप्नलाई दाउराको व्यवस्था नहुँदा समस्या भएको स्थानीयको गुनासो छ । चिसो बढे पनि सम्बन्धीत निकायले केही पहल नगर्दा फोहर प्लास्टिक, कागज तथा काठको टुक्राहरु बालेर ताप्न वाध्य भएको स्थानीयले बताएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय सरकारले समयमा काठ दाउरा उपलब्ध नगराएका कारण जनता सास्ती खेप्न बाध्य छन् । अत्याधिक चिसोकै कारण वीरगञ्ज महानगर भित्र सञ्चालित विद्यालयहरु बन्द गर्नु परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);