चिसो बढ्दै गएपछि स्थानीय तहले धमाधम विद्यालय बन्दको घोषणा गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

चिसो बढ्दै गएपछि स्थानीय तहले धमाधम विद्यालय बन्दको घोषणा गर्दै

जनकपुरधाम । केही दिनदेखि प्रदेश २ का बढेको चिसो र शितलहरको कारण केही स्थानीय तहहरूले आफ्ना पालिकाहरूमा विद्यालयको बिदा दिएको छ ।

धनुषाका विभिन्न ३ वटा स्थानीयहरू क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालयमा बिदा दिएका हुन् । बढ्दो चिसोको मध्यनजर गर्दै उनीहरूले विद्यालयको बिदा दिएका हुन् । 

त्यसैगरि, पर्साका पनि विभिन्न ३ वटा स्थानीय तहले चिसोकै कारण विद्यालयको बिदा दिएको छ । पर्सा जिल्लाका ठोरी,धोबिनी र जिराभवानी गाउँपालिकाले निजी तथा सामुदायिक विद्यालयलाई बिदा दिएको छ । चिसोको कारण पुस २४ गतेसम्मका लागि सबै विद्यालयको पठनपाठन बन्द गराएको छ ।

 अत्यधिक चिसोको कारण जनजीवन कष्टकर बन्दै गएपछि विद्यालयहरूको बालबालिकाको संख्यासमेत कम हुन थालेपछि मंगलबारदेखि ५ दिन सम्मको लागि विद्यालयहरूको पठनपाठन बन्द गराएको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय प्रमोदकुमार घिमिरेले बताए । 

लक्ष्मीनिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशङ्कर यादवले मंगलबारदेखि अर्को सूचना नहुनजेलसम्मको लागि पालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयहरूको पठनपाठन बन्द गर्न निर्णय भएको बताए । धनुषाका नगराइन नगरपालिकाले भने मंगलबारदेखि ५ दिन सम्मको लागि विद्यालय बन्दको निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);