दैलेखमा जीप दुर्घटना चालकको घटनास्थलमा नै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

दैलेखमा जीप दुर्घटना चालकको घटनास्थलमा नै मृत्यु

सुर्खेत। दैलेख भगवतीमाई गाउँपालिका–२ बेस्तडादेखि सदरमुकाम नारायण नगरपालिकातर्फ आउँदै गरेको लु।२ च ४८२९ नं।को डबल क्याप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नारायण नगरपालिका–११ लोहोर कच्ची सडक खण्डमा दुर्घटना हुँदा जीप चालक दैलैख भगवतीमाई गाँउपालिका ६ बस्ने ३० वर्षीया कृष्ण रोकाको घटनास्थलमा नै मृत्यु भएको हो ।

जीपमा ३ जना महिला ५ जना पुरुष र २ जना बच्चा गरेर १० जना सवार रहेका थिए । घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);