मतदाता नामावली विवरण संकलन राति ८ बजेसम्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मतदाता नामावली विवरण संकलन राति ८ बजेसम्म

भैरहवा । पछिल्लो केही दिनदेखि जिल्ला निर्वाचन कार्यालय अगाडि झिसमिसे हुँदा नै सयौंको संख्यामा मानिसहरू हुल देख्न सकिन्छ । कार्यालयको पूर्वतर्फ पुरुषहरू र पश्चिमतर्फ महिलाहरू लाइनमा बसेको देखिन्छ ।

दुवैतर्फ करिब ३०० मिटरको हाराहारीमा मानिसहरू अव्यवस्थित रूपमा लाइनबद्ध देखिए । मतादाता परिचयपत्र दर्ता गराउनेको लाइनमा वृद्धदेखि युवाहरूको जमात छ । कोही साना बच्चा बोकेर आएका छन् भने महिला तथा जेष्ठ नागरिकहरू पनि चिसोमा मतदाता परिचयपत्र दर्ताका लागि प्रतिक्षामा छन् ।

कार्यालयको गेटभित्र प्रवेश पाउनेहरू हर्षित देखिन्छन् । उनीहरूको अनुहारमा हँसिलो हुनुको कारण थियो नौ घण्टापछि पालो आएर नाम दर्ताका लागि फोटो खिचाउन पाएकोले । बिहानै ५ बजेदेखि लाइनमा बसेका उनीहरू साढे २ बजे फर्म लिएर फोटो खिचाउन पुगे । सयौँको संख्यामा मानिसहरू कार्यालयअगाडि छन् । ‘बाहिर भिडभाड त छ तर कार्यालय भित्र आएपछि युद्ध जितेजस्तै आनन्द लाग्यो,’ उनीहरू भन्छन् । 

भैरहवाको यो दृश्य पछिल्लो दुई साता ेखि यस्तै छ, सरकारले निर्वाचनको मिति तोकिदिएमा मतदाता नामावली दर्ता रोकिने डरले नागरिकहरू नामावली दर्ता गर्नका लागि तँछाडमछाड गरेका छन । भोट हाल्न पाउने अधिकार सुनिश्चित गर्नका लागि सबै काम छाडेर उनीहरू लाइनमा बसेको छन् । जिल्ला निर्वाचन कार्यालयले बिहान १० बजे देखि रातिको ८ बजे सम्म काम गरिरहेको छ । 

कार्यालय प्रमुख अयोध्या भण्डारीका अनुसार दैनिक आठ सयको हाराहारीमा मतदाता नामावली दर्ता भइरहेको जानकारी दिए । ‘कार्यालय समय ४ बजेसम्म हो  । तर, हामीले पछिल्लो समय राति ८ बजेसम्म निरन्तर काम गरिरहेका छौँ । पाँचवटा ल्यापटपबाट दर्ताको काम भइरहेको छ । यसअघि दुई जना जनशक्तिले काम गरिरहेका थिए । अहिलेको सेवाग्राहीको चापलाई मध्यनजर गरेर चार जना निश्चित अवधिका लागि थपेका छौ,’ प्रमुख भण्डारीले भने । 

उनका अनुसार चाप बढेकाले केही दिन टोकन प्रणली लागु गरिएको थियो । ‘टोकन नै छाडेर जाँदा अव्यवस्थित भएकोले मंगलबारबाट लाइन क्रमबद्धमा दर्ता गरिरहेका छाँै । हामीले कार्यालयबाट पाँच वटा काउन्टर, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय मझगावाबाट एक एक काउन्टर र इलाका प्रशासन कार्यालय बुटवलबाट दुई वटा काउन्टरबाट दर्ताको काम गरिरहेका कार्यालय प्रमुख भण्डारीले जानकारी दिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);