राष्ट्रिय परिचयपत्र बनाउन बिहान पाँच बजेदेखि नै लाइनमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रिय परिचयपत्र बनाउन बिहान पाँच बजेदेखि नै लाइनमा

लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङमा राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीहरू विहानै ५ बजे देखि लाईन बस्ने गरेका छन् । दैनिक ६० जनाले मात्रै सेवा पाउने भएपछि टोकन लिनकै लागि बिहान ५ बजे देखिनै लाइनमा बस्ने गरेको सेवाग्राहीहरूकाे भनाइ छ ।

जिल्लामा दैनिक दुई सयको हाराहारीमा सेवाग्राही राष्ट्रिय परिचयपत्रका लागि मात्रै आउने गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । तर, कार्यालयले भने हाल दैनिक ६० जनालाई मात्रै सेवा दिन सकेकाेको लमजुङका प्रमुख जिल्ला अधिकारी शुसिल वैद्यले बताए ।सरकारले राहदानीका लागि राष्ट्रिय परिचय अनिवार्य गरेकोले सेवाग्राही बढेकाे प्रजिअ वैद्यले बताए । राष्ट्रिय पत्र सेवा प्रवाहका लागि हाल एउटा मात्रै डेक्स रहेकोले पहिला नाम दर्ता गर्ने र पालोअनुसार बोलाउने गरेको प्रजिअ वैद्यको भनाइ छ । सेवाग्राहीको चाप बढेसँगै सेवा प्रवाहलाई सहज बनाउन जनशक्ति र आवश्यक उपकरण माग गरेकाे प्रजिअ वैद्यले बताए । मागअनुसार मन्त्रालयबाट पनि थप जनशक्ति र उपकरण उपलब्ध गराउने निर्णय भइसकेकोले केही दिनमै अस्थाई व्यवस्थापन गरी साउन महिनासँगै दुई वटा स्टेशनबाट सेवा प्रवाह सुरु गरिने प्रजिअ वैद्यले बताए ।  गत साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु भएको हो । सोही अभियानलाई विस्तार गर्दै स्थानीय तहमा पनि अभियान सञ्चालन गर्नेगरी तयारी भइरहेको प्रशासनले जनाएको छ । सरकारले सबै नागरिकको वैयक्तिक तथा जैविक विवरण डिजिटल अभिलेख गर्दै सबैखाले सेवा प्रवाह छिटो छरितो गर्न तथा विद्युतीय सुशासन कायम गर्ने उद्देश्यले राष्ट्रिय परिचय पत्र वितरणको अभियान शुरु गरेको हो । सुरक्षा चिप्ससहितको परिचयपत्रले नागरिकका व्यक्तिगत र बायोमेट्रिक विवरणमा तत्काल पहुँच दिनेबाहेक नेपाली, गैरआवासीय नेपाली र विदेशीको वर्गीकरणमा पनि मद्दत पुर्‍याउने बताइन्छ । यसबाहेक व्यक्तिगत विवरणको जाँच र विकास योजना तर्जुमामा पनि परिचयपत्रले मद्दत गर्ने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);