जाजरकोट प्रशासनको सेवा बिहान ८ बजेदेखि नै | ईमाउण्टेन समाचार

Our Network

साउन २७ २०७९, शुक्रबार

जाजरकोट प्रशासनको सेवा बिहान ८ बजेदेखि नै

सुर्खेत । सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेदेखि सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको संख्या बढेपछि बिहानैदेखि सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए । यहाँ पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ । राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि राष्ट्रिय परिचयपत्र बनाउने बढेका हुन् ।

Leave a Reply