लमजुङका १८ हजार बढीले बनाए राष्ट्रिय परिचयपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लमजुङका १८ हजार बढीले बनाए राष्ट्रिय परिचयपत्र

लमजुङ । देशभर राष्ट्रिय परिचयपत्र  बनाउनेको संख्या बढेसँगै लमजुङमा पनि राष्ट्रिय परिचयपत्र बनाउनेको संंख्या बढेको छ । जिल्ला प्रसाशन कार्यलय लमजुङमा हाल सम्म १८ हजार  दुई सय ४१ जनाले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् । जिल्लाका आठ वटै स्थानिय तहका नागरिकलाई राष्ट्रिय परिचयपत्रको लागि  प्रशाशनबाट नै सेवा दिएको  प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए ।

उनका अनुसार जिल्लाभर राष्ट्रिय परिचयपत्र  बनाउनेको सख्या १८ हजार दूई सय ४१ जना रहेको छ । जसमा  महिला  सात हजार १ सय १७ छन् भने पुरुष ११ हजार १ सय २४ जना  रहेको प्रजिअ वैद्यले बताए ।

वैदेशिक रोजगार विभागले राष्ट्रिय परिचयपत्र  अनिवार्य माग गरेपछि जिल्लाका बैदेशिक रोजगारीमा जाने तथा डीभी भर्नेहरुको लागि अनिवार्य भएपछि जिल्ला प्रसाशनमा परिचयपत्र बनाउन आउने मानिसको संंख्या वृद्धि भएको होे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);