पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरले चलायो डोजर | ईमाउण्टेन समाचार

Our Network

भदौ ६ २०८३, आइतबार

पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरले चलायो डोजर

पोखरा । पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ। २०५६ सालमा स्थापना भएको पोखराको एक मात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरले भत्काएको हो।

पोखरा महानगरको गत चैत १ गते बसेको २८ औं नगर कार्यपालिका बैठकले महेन्द्रपुलबाट पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय न्युरोडस्थित प्रदेश संग्रहालयमा सार्ने निर्णय गरेको थियो । फोटो र चित्र नै प्रदर्शन गर्ने उद्देश्यले बनाइएको भवन पोखरा आर्ट ग्यालरीबाहेक अन्यत्र छैनन् । त्यसैले पोखरामा हुने साना र ठूला प्रदर्शनी त्यहीं हुन्थे ।

महानगरले आर्ट ग्यालरी हटाएको स्थानमा पार्किङ बनाउने भएको छ। महेन्द्रपुल, चिप्लेढुंगा क्षेत्र अत्याधिक ट्राफिक हुने क्षेत्र हुन्। त्यस क्षेत्रमा ठाउँ अभावले गर्दा पार्किङ समस्या आइरहेको भन्दै महानगरले ग्यालरी हटाएर पार्किङस्थल बनाउन लागेको हो।

Leave a Reply