काठमाडाैं । संसदीय समितिले ग्यालरी बैठकको पुनर्निर्माण कार्य प्रगतिउन्मुख रहेको बताएको छ । आइतबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकपछि पुरानो संसद भवन अवलोकन गर्न पुगेको संसदीय समितिले पुनर्निर्माण कार्यलाई छिटो सक्न पनि निर्देशन दिएको हो ।
समिति सभापति मायाप्रसाद शर्माले ग्यालरी वैठक पुननिर्माणको अवस्था प्रगतिउन्मुख रहेको भएपनि समयमै सकिनेमा आशंका व्यक्त गर्नुभयो । पुरानो संसद भवन पुरातत्वसँग सम्बन्धित रहेको र यो इतिहासको रक्षा गर्नुपर्ने बताउनुभयो ।
समितिले आइबार पुरातत्व विभागसँग ग्यालरी वैठकको पुरातात्विक सम्पदाको संरक्षण, महालक्ष्मीस्थान मन्दिर परिसरमा निर्माण भएको व्यायामशाला र स्वयम्भूको जग्गा व्यक्तिको नाममा नामसारी भएको भन्ने विषयमा छलफल गरेको छ ।
शहरी विकास तथा भवन निर्माण विभागसँग ग्यालरी वैठक पुननिर्माणको अवस्था र निर्माणाधीन संसद भवनको पछिल्लो अवस्थाबारे छलफल पनि छलफल गरेको छ ।





