लोकतन्त्र र संविधान नमान्नेहरुले नै संसद अवरुद्ध पारेका छन् : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८३, शुक्रबार

लोकतन्त्र र संविधान नमान्नेहरुले नै संसद अवरुद्ध पारेका छन् : प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान नमान्नेहरुले मात्रै संसद अवरुद्ध गरिरहेको बताउनुभएको छ । आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संसद नचाहिएकाहरुले मात्रै संसदमा अवरोध सिर्जना गरेको बताउनुभयो । अराजकता र राजा चाहिनेहरुले नै अहिले संसदमा अवरोध गरिरहेको उहाँको आरोप छ । प्रधानमन्त्री ओलीले संसदभित्रै पसेर संस्दीय व्यवस्था भत्काउने र आगो बाल्ने सोच भएकाहरुबाट वर्तमान शासन प्रणालीमा समस्या उत्पन्न भएको जिकिर गर्नुभयो ।

यस्ता समस्या पुराना पार्टीहरुमा पनि रहेको र त्यसलाई हटाउनुपर्ने बताउनुभयो । नयाँ राजनीतिक दलहरुले पनि संविधान र कानूनभित्र बसेर आफ्ना अभिव्यक्ति दिन स्वतन्त्रता रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल अहिले श्रीलंका वा बंगलादेश कुनैपनि नबन्ने बताउनुभयो । व्यवस्थामाथि प्रहार गर्नेविरुद्ध प्रतिकार गर्न पनि तयार रहेको बताउनुभयो ।

 

Leave a Reply