पाँचथरमा जीप दुर्घटना, १ को मृत्यु, ९ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पाँचथरमा जीप दुर्घटना, १ को मृत्यु, ९ जना घाइते

jeep

पाँचथर ,२६ असार । पाँचथरमा मंगलबार बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

जिल्लाको याङबर गाउँपालिका ३, चैतेभीरमा मे १ ज २०५१ नम्बरको जीप दुर्घटना हुँदा च्याङथापु–१ का कैलाश अधिकारीको मृत्यु भएको हो । जीपमा चालकसहित १० जना सवार थिए । जिल्ला प्रहरी कार्यालय पाँचथरले घटनास्थलमै १ जनाको मृत्यु भएको पुष्टि गर्दै घाइते ९ जनाको उद्धार गरेर अस्पताल लगिएको जानकारी दिएको छ ।

अनियन्त्रित भएर दुर्घटना भएको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ । घाइतेको अवस्थाबारे प्रहरीले केही बताएको छैन ।  प्रहरीले यसबारे अनुसन्धान भइरहेको बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);