जीप दुर्घटनामा मालिककै मृत्यु, चालक गम्भिर घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दार्चुला, ५ कार्तिक । दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दार्चुलास्थित महाकाली नगरपालिका ९ दत्तुमा आइतबार बिहान जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना गम्बिर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला सदरमुकाम खलंगाबाट मालिकार्जुनतर्फ जाँदै गरेको से१ज ५९६ नम्बरको जीप दत्तुको सोतर्‍यौडा खोलामा दुर्घटना हुदाँ जीपका मालिक महाकाली नगरपालिका ७ का भुपेन्द्र बडूको घटनास्थलमै मृत्यु भएको हो ।

जीपका चालक सोही ठाउँका देवराम कोली गम्भिर घाइते भएको जिल्ला प्रहरीले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);