दार्चुलामा जिप दुर्घटना हुँदा ११ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

दार्चुलामा जिप दुर्घटना हुँदा ११ को मृत्यु

accident

दार्चुला, १८ फागुन । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दार्चुलाको सदरमुकाम खलंगा बजारबाट दुहुँ गाउँपालिकाको हिकिला तर्फ जाँदै गरेकोे जीप राताकाठा भन्ने स्थानमा शुक्रबार राति करिब ८ बजेतिर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म १ ज २८० नम्बरको जीप महाकाली नदीमा खसेको हो । सख्त घाइते जीप चालक दीपकसिंह धामीलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए ।

जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको थियो । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर उत्तरमा पर्छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);