जीप दुर्घटनामा वडाध्यक्षसहित पाँच जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

जीप दुर्घटनामा वडाध्यक्षसहित पाँच जनाको मृत्यु

जाजरकोट, २१ असोज । जाजरकोटकोे जुनिचाँदे गाउँपालिका–१ ओलभीरमा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ ।

बुधबार भे १ ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा सोहि गाउँपालिकाका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, कृति शाही, ख्यामबहादुर शाही, वडा ५ की मालिका बस्नेत, कृष्णबहादुर शाही मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा अन्य दुईजना नदीमा बगेर बेपत्ता भएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । । त्यस्तै जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन् ।

जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जीप दुर्घटना परेको परेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);