अपडेट : दैलेखकको ठाँटीकाँधमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अपडेट : दैलेखकको ठाँटीकाँधमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

दैलेख, १२ मंसिर । दैलेखमा बुधबार बिहान भएको जीप दुर्घटना परी मृत्यु हुनेको संख्या ६ पुगेको छ भने २ जना गम्भीर घाइते भएका छन् । सुर्खेतबाट दैलेखको ठाँटिकाँध जाँदै गरेको लु २ च २२०७ नम्बरको जीप ठाँटिकाँध गाउँपालिका ३ डांग्रे भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा ठाटीकाँध गाउँपालिकाका निर्मल बम, रमेश शाही, रत्ना शाही, दिलिप शाही, शमशेर बम र राजेन्द्रबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुई जनाको घटनास्थलमै र चार जनाको उपचारको लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

जीप कच्ची सडकबाट करिब २ सय मिटर तल भीरमा खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन । दुर्घटनामा घाइते भएकाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);