सवारी दुर्घटनामा ४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बैतडी । सिगास गाउँपालिका–३ लगनस्थित सडकमा से.१ ज ७३९ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर आइतबार दुर्घटना हुँदा जिपमा सवार ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सिगाँस गाउँपालिका–३ बस्ने ४५ वर्षीय मान सिँह साउद र सोही ठाउँ बस्ने ६४ वर्षीय राम सिँह धामी र सोही ठाउँ बस्ने ४५ वर्षीय जय सिंह धामी रहेका छन् ।

उनीहरुमध्ये मान सिँह र राम सिँहको घटनास्थलमै र जय सिँहको उद्धारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा ११ जना घाइते भएकोमा गम्भीर अवस्थामा रहेका ५ जनालाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ भने अन्य ६ जनाको अवस्था सामान्य रहेको छ ।

फरार जीप चालकको प्रहरीले खोजी कार्य जारी राखेको छ । कैलाली, धनगढी उपमहानगरपालिका–१७ दमौलियास्थित सडकमा से.६ प ४०८९ नम्बरको मोटरसाइकलले से.२ त ३७८९ नम्बरको ट्याक्टरलाई आइतबार बिहान ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षीय रुपलाल चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरीयामा उचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);