रुकुममा जीप दुर्घटना, नवदम्पती प्रहरी निरीक्षक सहित ७ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रुकुम, ९ मंसिर। पुर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुम सदरमुकाम मुसीकोट खलंगा जाँदै गरेको जीप दुर्घटना हुँदा नव बिबाहित जोडी सहित सात जनाको मृत्यु भएको छ।

ग१ज ४२६० नं। को जीप मुसीकोट नगरपालिका वडा नं.६ कालिमाटिमा दुर्घटना भएको हो ।

मुत्यु हुनेमा मुसीकोट नगरपालिका वडा नं.१ का जनक शाही, सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ र सुरेखा शाह श्रेष्ठ, त्रिवेणी गाँउपालिका वडा नं.१ की यमुना मल्ल शाही र रुकुमकोट निवासी प्रहरी निरीक्षक नविन श्रेष्ठ र उनकी पत्नी प्रहरी निरीक्षक अनिता प्रधान श्रेष्ठ छन् ।

मृतक नविन श्रेष्ठले तीन दिनअघि अनितासँग बिहे गरेका थिए । बिहे सकेर काममा फर्किँदै गर्दा जिप सडकबाट करीब २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

त्यस्तै दुर्घटनामा परि घाइते भएका चालक तुल्सीपुर उपमहानगरपालिका वडा नं.१६ का प्रेम सिउजाली थापा, सहचालक बाँफिकोट गाउँपालिका मग्माका प्रमे केसी र बर्दियाका टेकबहादुर खत्री गम्भीर घाइते भएका छन्।

घाइतेहरुलाई अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);