एमाले कार्यकर्ताले बाजुरामा कांग्रेस कार्यकर्ता कुटे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमाले कार्यकर्ताले बाजुरामा कांग्रेस कार्यकर्ता कुटे

Kutpit

बाजुरा, ८ मंसिर । बाजुराको बूढीगंगा नगरपालिका–१ मा एमालेका कार्यकर्ताको कुटाइबाट नेपाली कांग्रेसका ६ जना कार्यकर्ता घाइते भएका छन् भने तीन जना बेपत्ता छन् ।

घाइते हुनेमा बूढीगंगा नगरपालिका–१ का स्थानीय कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, गोरे सनाइ र लाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बिहीबार राति एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा घरेलु हातहतियार प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयका अनुसार एमालेका कार्यकर्ताको आक्रमणमा परी तीनजना सम्पर्कविहीन रहेको बताइएको छ ।

सम्पर्कविहीन हुनेमा सोही वडाका स्थानीय डम्बर थापा, रमेश नेपाली र किसन नेपाली रहेको प्रहरी नायब निरीक्षक जगदिश भट्टले जानकारी दिए ।

घाइतेमध्ये कृष्ण थापा र अम्म थापाको अवस्था गम्भीर रहेको छ । घाइते भएका कृष्ण थापा सोही वडामा रहेको जनप्रभात प्राविका शिक्षक हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);