बन्दीपुरमा पहिरोमा परी २ को मृत्यु, ३ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बन्दीपुरमा पहिरोमा परी २ को मृत्यु, ३ घाइते

फाइल फोटो

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।

लगातारको वर्षा पछिको पहिरोले तामङुमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहँले जनाएको छ ।

पहिरोमा परी मृत्यु हुनेमा तामङुका करिव ३० वर्षीय सरस्वती थापा र ७० वर्षीय हरिमाया बसेल रहेका छन् ।

मृतक सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका हुन् ।

यसका साथै पहिरोका कारण चार घर जोखिममा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);