धादिङको सत्यदेवीमा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

धादिङको सत्यदेवीमा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु

dhadin pahiro

काठमाडौं, १४ असार । धादिङमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । धादिङको उत्तरी भेगमा पर्ने सत्यदेवीमा गएराति पहिरो जाँदा तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँराकी ३६ बर्षीया वसोधा गुरुङ, १० बर्षीया लक्ष्मी गुरुङ र ५ बर्षीया सरस्वती गुरुङ रहेको प्रहरीले जनाएको छ । पहिरोमा परी सात घर पुरिएका छन् । घर पुरिंदा दुईजना बेपत्ता भएका छन् भने चारजना घाइते भएका छन् ।

दुई दिनदेखि परेको वर्षाका कारण सत्यदेवी र मार्पाकमा पहिरो गएको हो । गाउँलेले पहिरोबाट एकजनालाई घाइते अवस्थामा उद्धार गरी सत्यदेवी स्वास्थ्यचौकीमा उपचारका लागि लगेका छन् ।

खनीयावास गाउँपालिका–४ स्थित चिउरीखर्कमा पहिरोले एक घर पुरिंदा शम्शेर घले र कोप्ची घले बेपत्ता भएको इलाका प्रहरी कार्यालय, दार्खाले जनाएको छ । पहिरो गएकोस्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);