चीनसँग सञ्चालनमा रहेको एकमात्र व्यापारिक मार्ग पहिरोका कारण बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

चीनसँग सञ्चालनमा रहेको एकमात्र व्यापारिक मार्ग पहिरोका कारण बन्द

rasuwa pahiro

काठमाडौं, १४ असार । चीनसँग सञ्चालनमा रहेको एकमात्र व्यापारिक मार्ग बन्द भएको छ ।

अविरल वर्षासँगै रसुवाको कालिका गाउँपालिका–१ स्थित राम्चेमा गएराति आएको पहिरोका कारण पासाङ ल्हामु राजमार्गको कालिकास्थान–धुन्चे सडकखण्ड अवरुद्ध भएको हो । पहिरोले चीनको केरुङबाट स्याउ लिएर काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ७५९० नम्बरको कन्टेनर र नुवाकोटबाट धुन्चे जाँदै गरेको बा १५ च २७३५ नम्बरको जिप बगाएको छ ।

रोकेर राखिएको अवस्थाका कन्टेनर र जीपका यात्रु ओर्लिएको समयमा पहिरो आएकाले मानवीय क्षति भने नभएको रसुवाका प्रहरी नायब उपरीक्षक शरतकुमार थापाले जानकारी दिए । वेत्रावतीबाट सिधै रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेसी सडकखण्ड गत चैत ३० गतेदेखि सञ्चालनमा आएकामा उक्त सडक खण्डमा पहिरो र सुरक्षाको कारण देखाएर यातायात सञ्चालनमा रोक लगाइएको छ ।

मैलुङ–स्याफ्रुबेसी सडकखण्डमा यातायात सञ्चालनमा रोक लगाईंदा तथा कालिकास्थान–धुन्चे सडकखण्ड पहिरोले अवरुद्ध दुई देश जोड्ने सडक मार्ग ठप्प भएको छ । पहिरो पन्छाउन विहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);