फोक्सिङकोट पहिरो अपडेट : एक महिलाको शव भेटियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

फोक्सिङकोट पहिरो अपडेट : एक महिलाको शव भेटियो

pahiro

पाल्पा, ८ असोज । पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता ६ जना मध्ये एक जनाको शव भेटिएको छ । फोक्सिङकोट सुरुमडाँडामा विरबहादुर गाहाको पहिरोले घर पुरिदा बेपत्ता २७ वर्षीया मोतिसरा गाहाको शव भेटिएको हो ।

स्थानीय र प्रहरीको खोजीकार्यपछि उनको पहिरोले पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा परी १४ वर्षीया अञ्जु पुन सामान्य घाइते भएकी छन् ।

त्यस्तै निरन्तरको अविल वर्षाले विहिबार विहान पहिरोले फोक्सिङकोट बेलौजाका तीन घर पुरिएका छन् । स्थानीय हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिदा ५ जना बेपत्ता भएको वडा अध्यक्ष उमानसिंह सारुले बताए ।

बिहान ४ बजे तिर गएको पहिरोमा परी सुतिरहेका हुमबहादुर गाहा, उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको वडाध्यक्ष सारूले बताए ।

उनका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् । अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले उनिहरू पुरिएका हुन् । अहिले स्थानीय र प्रहरीको सहयोगमा बेपत्ता उनीहरुको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);