जुगल पहिरो अपडेटः थप दुई जनाको शव भेटियो, खोजी कार्य जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जुगल पहिरो अपडेटः थप दुई जनाको शव भेटियो, खोजी कार्य जारी

सिन्धुपाल्चोक, ३२, साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ मा गएको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ ।

शुक्रबार गएको पहिरोमा पुरिएका मध्ये उक्त दिन ११ जना र शनिबार दिउँसो ५ तथा साँझ थप २ जनाको गरी १८ जनाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो ।

लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए । घरसँगै ३९ जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);